२० हजार ५०० रूपैयाँले बढ्यो सुनको मूल्य


काठमाडौँ । सरकारले सुनचाँदीमा कर बढाएपछि आइतबार छापावाल सुनको मूल्य बढेको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा २० हजार ५०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ९० हजार ६०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार ३ लाख ११ हजार १०० रूपैयाँ कायम भएको छ ।

शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लले आर्थिक वर्ष २०८३ ८४ को बजेट प्रस्तुत गर्दै सुन आयातमा भन्सार महशुल २० प्रतिशत बनाएका थिए । यस अगाडी १० प्रतिशतमात्र रहेको भन्सार महशुल २० प्रतिशत पुर्याइएको हो ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ३०५ रूपैयाँले बढेर ५ हजार ३४५ रूपैयाँ कायम भएको छ ।