काठमाडौंँ । साताको कारोबारको दोस्रो दिन सेयरबजार बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से परिसूचक २२.२१ अंकले बढेर २७७७.५८ अंकमा झरेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये १२ ओटा उपसमुहको बढेको छ भने बाँकी एक ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
मंगलबार आखुँखोला जलविद्युत् कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४६ करोड ७६ लाख ५८ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।
आज कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । यी कम्पनीको सेयरमूल्य १४.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
कुल ३४६ कम्पनीको एक करोड १३ लाख ८५ हजार १०० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २६ करोड ५२ लाख ७५ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्