पोखरा । विश्वप्रसिद्ध हवाई सेवा प्रदायक कम्पनी फ्लाइ दुबई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा उडान भर्न इच्छुक रहेको छ । फ्लाइ दुबईका उड्डयन सुरक्षा उपाध्यक्ष एड्रियन लुकाजले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटवार्ता गर्दै पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा उडान भर्न कम्पनी इच्छुक रहेको बताए।
मंगलबार भएको भेटमा पोखराबाट अन्तरराष्ट्रिय उडान सञ्चालन, दुबई–पोखरा पर्यटन प्रवर्द्धन तथा उड्डयन सुरक्षासम्बन्धी विषयमा छलफल भएको थियो। नगर प्रमुख आचार्यले नियमित अन्तरराष्ट्रिय उडानका लागि कम्पनीको विशेष पहल आवश्यक रहेको बताए।
लुकाजले फ्लाइ दुबईको उडानले पोखरा र समग्र गण्डकी क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै हाल २०७९ पुसमा उद्घाटन भएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडान सुरु हुन सकेको छैन।



प्रतिक्रिया दिनुहोस्