काठमाडौंँ । साताको कारोबारको तेस्रो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से परिसूचक २.६६ अंकले बढेर २७८०.२५ अंकमा पुगेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ९ ओटा उपसमुहको बढेको छ भने बाँकी ४ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
बुधबार आखुँखोला जलविद्युत् कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४४ करोड २३ लाख ७ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।
आज कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । यी कम्पनीको सेयरमूल्य १४.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
यस्तै, नेपाल रिइन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ५.१८ प्रतिशतले घटेको छ ।
कुल ३४७ कम्पनीको एक करोड ३५ लाख २१ हजार ६१९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७३ करोड ८१ लाख ६५ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्