१३ अंकले घट्यो नेप्से


काठमाडौंँ । साताको कारोबारको चौथो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीबार नेप्से परिसूचक १३.४६ अंकले घटेर २७६६.७८ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये एक ओटा उपसमुहको बढेको छ भने बाँकी १२ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

विहीबार एभरेष्ट बैंक डिबेञ्चर २०८६ सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३४ करोड १ लाख ५३ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।

आज कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको सेयरमूल्य १४.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

कुल ३५३ कम्पनीको एक करोड ६ लाख १७ हजार ४८३ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७० करोड ३३ लाख २६ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।