२० अंकले घट्यो नेप्से, ४ अर्ब रूपैयाँ बढीको कारोबार


काठमाडौंँ । साताको कारोबारको पहिलो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से परिसूचक २०.२७ अंकले घटेर २७३५.१४ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये एक ओटा उपसमुहको बढेको छ भने बाँकी १२ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

सेन्ट्रल फाइनान्स कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २० करोड ४६ लाख २९ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।

आज कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको सेयरमूल्य १४.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

आज उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ७.१४ प्रतिशतले घटेको छ ।

कुल ३५६ कम्पनीको ९२ लाख ३६ हजार ६७७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८ करोड ४८ लाख ९६ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।