आईएमई लाइफ इन्स्योरेन्सको २.८६ करोड कित्ता सेयरको लक इन अवधि असारमा समाप्त हुँदै


काठमाण्डौ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका संस्थापक सेयर र कर्मचारीसँग रहेको सेयरको लक इन अवधि आगामी असारमा समाप्त हुने भएको छ ।

कम्पनीको कुल २ करोड ८६ लाख कित्ता सेयरको लक इन अवधि असार ३० गते समाप्त हुन लागेको हो ।

कुल सेयर संख्यामा संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २ करोड ८० लाख र कम्पनीका कर्मचारीहरुलाई बाँडफाँड गरिएको ६ लाख कित्ता सेयर रहेको छ । धितोपत्र बोर्डमा कम्पनीको कुल ४ करोड कित्ता सेयर दर्ता छ ।

सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरुको हकमा भने नियमानुसार सेयर रोक्का रहने कम्पनीले जनाएको छ ।