निजी क्षेलाई विद्युत व्यापार र प्रसारण लाइन निर्माण प्रवेश गराउनु पर्छ : श्रेष्ठ


काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले विद्युत व्यापार र प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई प्रवेश गराउने विषयमा आफु सकारात्मक रहेको बताएका छन्।

इप्पानको २४ ‌औं साधारण सभा तथा ८ ‌औं अधिवेशनमा शुभकामना मन्तव्य दिँदै श्रेष्ठले यस्तो बताएका हुन्।

‘उत्पादनमा निजी क्षेत्रले पुराएको योगदान एकदमै सराहनीय छ। प्राइभेट सेक्टरलाई पावर ट्रेडिङमा र प्रसारण लाइन निर्माण प्रवेश गराउनु पर्नेमा म स्पष्ट छु। मन्त्री ज्युलाई पनि निजी क्षेत्रलाई प्रवेश गराउनु पर्छ भन्दै आएको छु।’ उनले भने ।

१५ हजार मेगावाट निर्यात गर्ने सरकारको लक्ष्य पुरा गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहने पनि उनले बताए।

ऊर्जा विकासका लागि अघि बढेको निजी क्षेत्र वनका विभिन्न मुद्दाका कारण अल्झिनुपरेको भन्दै वनका समस्या समाधान गर्न ऊर्जामन्त्रीले पहल गरेर उनीहरुको हौसला बढाउनुपर्ने श्रेष्ठले बताए ।