काठमाडौँ । प्रतिनिधि सभा सदस्य आशिका तामाङले सुस्तामा भारतीय सीमा सुरक्षा बल प्रवेश गरेको विषयमा र लिप्पियाधुरा कालापानीबारे ध्यानकर्षण गराएकी छन् ।
नले आवश्य परे दुई देशको सहमतिमा सिमानामा काँडेतार वा पर्खाल लगाउन पनि माग गरेकी छन् । सुस्ताको समस्या धेरै वर्षदेखि अल्झिएको विषय भएको भन्दै पछिल्लो अवस्थाबारे सरकारले जानकारी लिनुपर्ने बताइन् ।
उनले भनिन्,“पछिल्लो समय त्यहाँ भारतीय सीमा सुरक्षा बलका गतिविधि तथा स्थानीय नागरिकलाई धम्काइएको भन्ने समाचार सार्वजनिक भएका छन् यस घटनाको वास्तविकता के हो सरकारले यसबारे के कस्ता कदम चालेको छ र आगामी रणनीति के छ भन्ने विषयमा स्पष्ट जानकारी लिन आवश्यक छ ।”
लिपुलेक लिम्पियाधुरा र कालापानीजस्ता क्षेत्रहरू नेपालको राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डतासँग जोडिएको सम्बन्धनशील विषय भएको समेत उल्लेख गरिन् ।
उनले भनिन्,“कुनै पनि राष्ट्रको सार्वभौमिकताको आधार भनेकै आफ्नो भूभागको संरक्षण र सिमाको सुरक्षाको सुनिश्चितता हा । यदि राज्यले आफ्नो भूमि र सिमाको रक्षा गर्न सकेन भने त्यसले देशको सार्वभौमिकतामै प्रश्न उठाउँछ ।”
नेपाल सरकारले सिमा सम्बन्धि सबै विषयको सचेततापूर्वक छानबिन गरि आवश्यक कूटनीतिक पहल गरि अघि बढाउन आग्रह गरिन् । उनले भनिन्,“ आवश्यक परे दुई देशको सहमतिमा सिमावर्ती क्षेत्रमा वाल लगाउनु परे वाल नत्र भने काँडे ताराबार भए पनि लगाइयोस भन्न चाहन्छु ।”



प्रतिक्रिया दिनुहोस्