कक्षा १२ मा ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण


काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको कक्षा १२ नियमितरआंशिकण परीक्षाको नतिजाले पछिल्ला पाँच वर्षको सबैभन्दा राम्रो उपलब्धि देखाएको छ। यस वर्ष कुल ६४।१३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्, जुन २०७८ यताकै उच्च नतिजा हो।

गत वर्ष २०८२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए। त्यसको तुलनामा यस वर्ष करिब ३ प्रतिशतले उत्तीर्ण दर बढेको देखिएको छ।

बोर्डका अनुसार यस वर्ष सबै विषयमा ग्रेड प्राप्त गर्ने परीक्षार्थीको संख्या २ लाख ६८ हजार १९० पुगेको छ। तीमध्ये नियमिततर्फ २ लाख ३१ हजार ७७० र आंशिकतर्फ ३६ हजार ४२० जना छन्।

उत्तीर्ण दरको विवरण हेर्दा नियमित परीक्षार्थीको नतिजा उल्लेख्य रूपमा राम्रो देखिएको छ। नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा आंशिकतर्फ ४२.३८ प्रतिशत मात्र उत्तीर्ण भएका छन्।

वर्षउत्तीर्ण प्रतिशत
२०७८४६.४०%
२०७९५१.९१%
२०८०५०.९१%
२०८१५२.९१%
२०८२६१.१७%
२०८३६४.१३%

यसरी हेर्नुहोस् नतिजा

विद्यार्थीहरूले आफ्नो परीक्षाफल राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np तथा neb.gov.np बाट हेर्न सक्नेछन्। त्यसैगरी नेपाल टेलिकम को नतिजा पोर्टल neb.ntc.net.np मार्फत पनि नतिजा प्राप्त गर्न सकिने बोर्डले जनाएको छ।