झिनो अंकले बढ्यो नेप्से, साढे ४ अर्ब रूपैयाँको कारोबार


काठमाडौंँ । साताको कारोबारको अन्तिम दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शुक्रबार नेप्से परिसूचक १.६३ अंकले बढेर २७०२.११ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ७ ओटा उपसमुहको बढेको छ भने बाँकी ६ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

आज ग्लोबल आइएमई बैंक डिबेञ्चर २०८६ ८६ को सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३३ करोड ११ लाख २२ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।

आज एपोलो हाइड्रोपावर र सोपान फर्मास्युटिकल्सका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । यी दुई कम्पनीको सेयरमूल्य क्रमश १४.९९ प्रतिशत र १४.०२ प्रतिशतले बढेको छ ।

आज बुङगल हाइड्रोपावरका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य १२.४५ प्रतिशतले घटेको छ ।

कुल ३५३ कम्पनीको एक करोड ९ लाख २२ हजार ५२५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५३ करोड ४९ लाख ८३ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।