जापानकाे लक्ष्य सन् २०४० सम्म २.३ ट्रिलियन अमेरिकी डलर सार्वजनिक–निजी लगानी


जापानले सन् २०४० सम्म १७ वटा रणनीतिक क्षेत्रहरूमा करिब २.३ ट्रिलियन अमेरिकी डलर बराबरको संयुक्त सार्वजनिक र निजी लगानीको लक्ष्य निर्धारण गर्ने योजना बनाएकाे छ ।

जापानकी प्रधानमन्त्री सनाए ताकाइचीको नयाँ विकास रणनीतिको एक भागका रूपमा सन् २०४० सम्म १७ वटा रणनीतिक क्षेत्रहरूमा सार्वजनिक र निजी लगानीको लक्ष्य निर्धारण गर्ने योजना बनाइरहेको निक्केईले जनाएकाे छ।

३७० ट्रिलियन येनको यो लगानी पहल, जुन अर्को साताको सुरुमै सार्वजनिक गरिने उल्लेख गरिएकाे छ । याे लगानी एआई, चिप्स र अन्तरिक्ष विकासजस्ता क्षेत्रहरूमा केन्द्रित हुनेछ। ताकाइचीले निजी क्षेत्रको लगानी प्रोत्साहित गर्न सरकारी खर्चको उपयोग गर्न खोजिरहेको बेला यो योजना अघि सारिएको उल्लेख गरिएकाे छ ।

सरकारले आर्थिक सुरक्षाका लागि महत्वपूर्ण मानिएका लगानीहरूका लागि स्थिर कोष सुनिश्चित गर्न बहुवार्षिक बजेट संरचना बनाउने विचार गरिरहेको छ, जसमध्ये केही लगानीहरू ब्रिजिङ बन्ड (पुल–ऋणपत्र) मार्फत पनि गर्न सकिनेछ।

ब्रिजिङ बन्डहरू अस्थायी कोष आवश्यकताहरू पूरा गर्न प्रयोग गरिन्छ र ती ऋणपत्रहरू परिपक्वताका लागि भुक्तानी गर्ने विशिष्ट माध्यमहरूको ग्यारेन्टीसहित जारी गरिने जनाइएकाे छ ।

यसले ऋणको बोझले दबिएको सरकारले खर्च बढाउँदै वित्तीय अनुशासनप्रति सचेत रहेको तर्क गर्न सक्ने उल्लेख गरिएकाे छ।