काठमाडाैँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दलका नेताहरूलाई भगवान र ‘बा’ बनाएर पछ्याउने राजनीतिक संस्कारले गलत परिणाम गलत परिणाम भोग्नुपरेको स्वीकारेका छन् ।
चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
उनले दलभित्रका नेताहरुमाथि प्रश्न गर्ने संस्कार विकास गर्न ढिलाई गरेकै कारण मुलुकको राजनीति जटिल बनेको बताए । उनले काँग्रेसले आफ्ना कमजोरी पहिचान गर्न ढिलाइ गरेको स्वीकार गर्दै त्यसको राजनीतिक मूल्य अहिले पनि चुकाईरहेको बताए । उनले अन्य राजनीतिक दलका विगतका कमजोरीबाट सिकेर अघि बढ्न रास्वपाका सदस्यहरूलाई आग्रह गरे ।
उनले भने, “हामीले हाम्रा दलका नेताहरुलाई भगवान बनाएर गल्ति गरिसक्यौँ, बा बनाएर गल्ती गरिसक्यौँ तपाईले नगर्नुहोला । गल्ती गरेको बेलामा आफ्नै नेतालाई पनि प्रश्न गर्नुहोला । हामीले ढिलो गर्यौैैँ, त्यसैले सजाय पनि पायौँ । हामीले हाम्रो पार्टी लास र दासहरुको पार्टी होइन भन्ने कुरा केही अगाडि भन्न सक्नुपथ्र्यो सकेनौँ । ढिलो गर्यौँ । त्यसबाट पनि सिक्नुहोला म प्रत्येक राष्ट्रि स्वतन्त्र पार्टीका सदस्यहरुलाई म भन्न चाहन्छु ।”
उनले पार्टीको नीति र नेतृत्व चयनको संघारमा रहेको रास्वपालाई शुभकामना व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्