काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध भएका छन् ।
विराजभक्त श्रेष्ठले आफ्नो दाबी छोडेपछि वाग्ले वाग्ले निर्विरोध भएका हुन् । श्रेष्ठ वाग्लेको प्रस्तावक बसेका छन् ।
पार्टी विधान अनुसार एक सभापति, दुई उपसभापति, एक महामन्त्री र तीन सह–महामन्त्री पदका लागि चुनाव हुने व्यवस्था छ ।
वाग्ले पुरुषतर्फको सिटमा निर्विरोध भएका हुन् । सभापतिमा रवि लामिछाने निर्विरोध भइसकेका छन्।



प्रतिक्रिया दिनुहोस्