झिनो अंकले घट्यो नेप्से


काठमाडौंँ । साताको कारोबारको अन्तिम दिन सेयरबजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शुक्रबार नेप्से परिसूचक २ अंकले घटेर २६४९.५१ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ५ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ८ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

आज ग्लोबल आइएमई बैंक डिबेञ्चर २०८६ ८७ को सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३३ करोड १६ लाख ५७ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।

आज स्नो रिभर्स, टक्सार पिखुवा खोला र याम्बलिङ हाइड्रोपावरका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । यी तीन कम्पनीको सेयरमूल्य क्रमश १५ प्रतिशत, १४.९८ प्रतिशत र १४।९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

आज कालिका लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य १०.७६ प्रतिशतले घटेको छ ।

कुल ३५९ कम्पनीको ७७ लाख २७ हजार ६४९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९४ करोड ५८ लाख ४ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।