४५ अर्बको नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘ख’ ऋणपत्र जारी गर्दै


काठमाडौँ । नेपाल राष्ट्र बैंकले ४५ अर्ब रूपैयाँको ऋणपत्र जारी गर्ने भएको छ ।

राष्ट्र बैंकले एक वर्ष अवधिको लागि बोलकबोलको माध्यमबाट नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘ख’ जारी गरेको हो ।

ऋणपत्रको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउण्टरपार्टी)ले २०८३ असार १७ गतेमध्याह्न ३ः०० बजेसम्म अनलाइन बिडिङ गर्न सक्ने जनाइएको छ ।

राष्ट्र बैंकले यसको साँवा २०८४ असार १६ गते र ब्याज अर्धवार्षिकरूपमा भुक्तानी गर्ने उल्लेख गरिएको छ ।