काठमाडौंँ । साताको कारोबारको तेस्रो दिन सेयरबजारमा हरियाली छाएको छ । नपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से परिसूचक ४४.५९ अंकले बढेर २६५२.९३ अंकमा पुगेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटै उपसमुहको सेयरमूल्य बढेको छ ।
आज लक्ष्मी सनराइज बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २८ करो८४ लाख २७ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।
आज स्नो रिभर्सका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको सेयरमूल्य १४.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
आज कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ५.२१ प्रतिशतले घटेको छ ।
कुल ३६२ कम्पनीको ९५ लाख ४७ हजार ६७८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८६ करोड ११ लाख ८३ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्