नेपाल कृषि महासङ्घको अध्यक्षमा शिवसुन्दर श्रेष्ठ


काठमाडौँ । नेपाल कृषि महासङ्घको अध्यक्षमा शिवसुन्दर श्रेष्ठ चयन भएको छन् ।

१२ औँ वार्षिक साधारण सभाले श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय कमिटीको चयन गरेको हो ।

महासङ्घको उपाध्यक्षमा मोहनबहादुर थापा, महासचिवमा डा. कालिकाप्रसाद उपाध्याय, सचिवमा हिक्मतकुमार श्रेष्ठ, कोषाध्यक्षमा प्रज्ञा श्रेष्ठ चयन भएका छन् ।

यस्तै सदस्यहरूमा डा. योगेन्द्रकुमार कार्की, कृष्णकुमार श्रेष्ठ, देवकी श्रेष्ठ, डा. सावित्री बराल, रामप्रसाद पुलामी, देवेन्द्रप्रसाद यादव, डा. भवप्रसाद त्रिपाठी, सरोजकान्त अधिकारी, प्रमोद रिजाल, सञ्जय धिमाल र निर्विरोध निर्वाचित भएका छन् ।

महासङ्घ नेपालको कृषि तथा पशुपञ्छी क्षेत्रका विभिन्न १२ ओटा संस्थाहरूको छाता संस्था हो ।

साधारण सभामा महासङ्घका सचिव हिक्मतकुमार श्रेष्ठले वार्षिक कार्य प्रगति एवम् कोषाध्यक्ष प्रज्ञा श्रेष्ठले महासङ्घको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । वार्षिक साधारण सभामा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका १० वर्षे उपलब्धि सम्बन्धी विशेष प्रस्तुति समेत गरिएको थियो ।