काठमाडौंँ । साताको कारोबारको चौथो दिन सेयरबजार एकल अंकले बढेको छ । नपाल स्टक एक्सचेन्जका अनुसार विहीबार नेप्से परिसूचक अंकले बढेर २६६१.७१ अंकमा पुगेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ५ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ८ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
आज लक्ष्मी सनराइज बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४१ करोड ३२ लाख २४ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।
आज अप्पर लोहोरे खोला हाइड्रोपावर, कालङ्गा हाइड्रोपावर, स्नो रिभर्स र सानिगढ हाइड्रोका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । यी कम्पनीको सेयरमूल्य क्रमश १५ प्रतिशत, १५ प्रतिशत, १४.९९ प्रतिशत र १४.९७ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
कुल ३५९ कम्पनीको ८९ लाख ४७ हजार २२३ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ११ करोड ७७ लाख ८५ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्