काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री वालेन्द्र शाहसहित मन्त्रीहरूको सम्पत्तिमा रहेको सुनको स्रोत सार्वजनिक गर्न माग गरेका छन्।
सोमबार प्रतिनिधिसभामा बोल्दै उनले सरकारकै सय दिने कार्ययोजनामा सम्पत्ति छानबिन आयोग गठनको विषय समेटिएको स्मरण गराउँदै छानबिन प्रधानमन्त्रीबाटै सुरु गर्न चुनौती दिए।
‘प्रधानमन्त्रीको सम्पत्ति विवरणमा झण्डै दुई सय तोला सुन देखियो, मन्त्रीहरूको विवरणमा पनि सुन छ। यसको स्रोत के हो, जनताले जान्न पाउनुपर्छ,’ उनले भने।
आङदेम्बेले आफू छानबिनका लागि तयार रहेको उल्लेख गर्दै भने, ‘प्रमुख प्रतिपक्षको नेता मबाटै छानबिन सुरु गरौँ, सत्ता पक्षको नेता प्रधानमन्त्रीबाट सुरु गरौँ। म तयार छु, प्रधानमन्त्री तयार हुनुहुन्छरु


प्रतिक्रिया दिनुहोस्