राताम्य सेयर बजार, कारोबार रकम खुम्चियो


काठमाडौंँ । साताको कारोबारको पहिलो दिन सेयरबजार घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से परिसूचक २६.२९ अंकले घटेर २६२७.११ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटै उपसमुहको सेयरमूल्य घटेको छ ।

आज स्नो रिभर्स, सानिगढ हाइड्रो र कालङ्गा हाइड्रोपावरका लगानीकर्ताहरूले सबैभन्दा बढी कमाएका छन् । यी कम्पनीको सेयरमूल्य क्रमश १४.९९ प्रतिशत, १४.९९ प्रतिशत र १४.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

थ्रीस्टार हाइड्रोपावरका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमाूल्य १३.७९ प्रतिशतले घटेको छ ।

कुल ३५६ कम्पनीको ७५ लाख ४० हजार ४१८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५५ करोड ७९ लाख ८१ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।