घट्यो सुनचाँदीको मूल्य


काठमाडौँ । नेपाली बजारमा सूनको मूल्यमा गिरावट आएको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
आज सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । अघिल्लो दिनपनि सुनको मूल्य ४ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ५८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँले घटेर प्रतितोला ४ हजार ५५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।