रास्वपालाई नेकपाको आग्रह : आफ्नो संसदीय दलको नेतालाई संसद्प्रति जिम्मेवार बनाउनुहोस्


काठमाडौँ । नेकपाले सत्तारुढ दल रास्वपालाई आफ्नो संसदीय दलको नेतालाई संसद्प्रति जिम्मेवार बनाउन आग्रह गरेको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद परशुराम तामाङले आफ्नो दलको नेतालाई संसद् र संविधानप्रति उत्तरदायी बनाउन रास्वपाले हस्तक्षेप गर्नुपर्ने बताए ।

उनले भने, ‘हामी रास्वपाबाट त्यो जिम्मेवारी गम्भीरतापूर्वक निर्वाह भएको हेर्न चाहन्छौँ । जसले उहाँलाई यो संसद्को दलको नेता बनाउनुभयो र प्रधानमन्त्री बन्नुभयो, अब राष्ट्रिय स्वतन्त्र पार्टीले हस्तक्षेप गर्ने दिन आएको छ ।’

संसद्को गरिमा र इज्जत जोगाउने जिम्मा सभामुखको पनि भएको उल्लेख गर्दै सांसद तामाङले प्रधानमन्त्रीलाई सदनमा बोलाउने रुलिङ गर्न समेत माग गरे।