काठमाडौँ । नेपाल राष्ट्रबैंकले आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट सेयरबजार ३० अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बुधबार सेयर मापक परिसूचक ३०.०९ अंकले घटेर २६२१.५९ अंकमा झरेको छ ।
त्यस्तै सेन्सेटिभ इन्डेक्स पनि ०.८५ प्रतिशतले घटेर ४५६.६८ अंकमा झरेको छ । आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये म्युचुअल फण्ड बाहेक सबै उपसमुहहरु राताम्ये बनेका छन् ।
बुधबार नेप्सेमा लगानीकर्ताहरु डिभेन्चरतर्फ मोडिएका छन् । आज ११ प्रतिशत केबिएल डिबेन्चर २०८९ को सबै भन्दा धेरै कारोबार भएको छ । उक्त डिबेन्चरको कारोबार ६२ करोड माथि रहेको छ ।
त्यस्तै सबैभन्दा धेरै मुनाफा गर्नेमा पनि १० प्रतिशत व्याजदरको सिटिजन्स बैंक डिबेन्चर २०९० रहेको छ । यो डिबेन्चरको मूल्य ८.८७ प्रतिशतले वृद्धि भएको छ ।
आजको दिन सबैभन्दा धेरै गुमाउने कम्पनीमा कर्पोरेट डेभलपमेन्ट बैंक रहेको छ । कम्पनीको सेयरमूल्य १३.४१ प्रतिशतले घटेको छ ।
कुल ३६२ कम्पनीको ८ करोड ४६ लाख ३ हजार १५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८२ करोड ६९ लाख बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्