गोविन्दबहादुर कार्की मुख्यसचिवमा नियुक्त


काठमाडौँ । सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिवमा नियुक्त गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्द बहादुर कार्कीलाई आज बसेको मन्त्रिपरिषद् बैठकले मुख्य सचिवमा नियुक्त गरेको हो ।

वर्तमान मुख्यसचिव समुनराज अर्यालको कार्यकाल असार २६ गतेदेखि सकिन लागेकाले सरकारले नयाँ मुख्यसचिव नियुक्त गरेको हो ।