काठमाडौँ । साताको कारोबारको चौथो दिनपनि सेयरबजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सेयरमापक परिसूचक १९.६७ अंकले घटेर २६०१.९२ अंकमा झरेको छ ।
आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये सबै उपसमुहहरु राताम्ये बनेका छन् ।
नेप्सेमा बिहीबार ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६ ८७ को सबैभन्दा धेरै कारोबार भएको छ । ३५ करोड ५८ लाख रुपैयाँ बढिको डिबेन्चर कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको दिन नेप्सेमा उपकार लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १२.६८ प्रतिशतले बढेको छ ।
कुल ३६१ कम्पनीको ८७ लाख ५१ हजार ३ सय ८० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६१ करोड १९ लाख बढिको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्