ज्ञानेन्द्र शाहीको आरोपः सरकारका सबै निर्णयहरु अर्बपति र करोडपतिहरुको पक्षमा केन्द्रित छ


काठमाडाैँ । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारको सबै निर्णयहरू अर्बपति र करोडपतिहरूको पक्षमा केन्द्रित रहेको आरोप लगाएका छन् । 

शुक्रबार प्रतिनिधि सभा बैठकमा उनले राज्यको यस्तो गरिवमारा निर्णयका कारण आज गणेश नेपाली र उनीहरुजस्ता गरिव नागरिकले मर्नुपर्ने अवस्था आएको जिकीर समेत गरे ।

नेता शाहीले गरिव, दुःखी र निमुखा नागरिकलाई सरकार आवश्यक भएपनि सरकारले उक्त व्यवहार देखाउन नसकेको दाबी गरे । उनले सरकारको नीति, नियम र निर्णय धनीहरुको पक्षमा मात्रै रहेको पनि बताए ।

नेता शाहीले काठमाडौं शहर हुनेखानेहरुको मात्रै हो ? भनि प्रधानमन्त्री बालेन्द्र साहलाई प्रश्न गरे ।