काठमाडौंँ । साताको कारोबारको अन्तिम दिन सेयरबजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शुक्रबार नेप्से परिसूचक १.१३ अंकले घटेर २६००.७८ अंकमा झरेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ६ ओटा उपसमुहको सेयरमूल्य बढेको छ ७ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सबैभन्दा बढी कमाएका छन् । यस कम्पनीको सेयरमूल्य १०.६६ प्रतिशतले बढेको छ ।
भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमाूल्य ७.८४ प्रतिशतले घटेको छ ।
कुल ३६७ कम्पनीको एक करोड ६ लाख ६० हजार ५३७ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ८६ करोड ७ लाख १८ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्