डा. जानकीकुमारी तुलाधर निर्वाचन आयोगको कार्यवाहक प्रमुख


काठमाडौँ । डा. जानकीकुमारी तुलाधर निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त बनेकी छन् ।

यसअघिका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी यही असार २३ गते ६५ वर्षे उमेर हदका कारण अवकाश भएपछि वरियताका आधारमा आयुक्त डा तुलाधरले कार्यवाहकको जिम्मेवारी सम्हालेकी हुन् ।

आयुक्त भण्डारीको नेतृत्वमा गत फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन भएको थियो ।

तत्कालीन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको २०८२ वैशाख ५ गते र तत्कालीन निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलको २०७९ फागुन ४ गते कार्यकाल सकिएको थियो भने भण्डारीले पनि अवकाश पाएपछि अब दुईजना आयक्तमात्रै छन् ।

सरकारले नयाँ प्रमुख आयुक्त र बाँकी सदस्य सिफारिस गरिसकेको छ । संसदीय सुनुवाइपछि नयाँ प्रमुख आयुक्त र सदस्य नियुक्त हुनेछन् ।