काठमाडौंँ । साताको कारोबारको पहिलो दिन सेयरबजार राताम्य भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से परिसूचक ३०.६० अंकले घटेर २५७०.१८ अंकमा झरेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटै उपसमुहको सेयरमूल्य घटेको छ ।
आज सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सबैभन्दा बढी कमाएका छन् । यस कम्पनीको सेयरमूल्य ५.३७ प्रतिशतले बढेको छ ।
उपकार लघुवित्त वित्तीय संस्था लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ११.२८ प्रतिशतले घटेको छ ।
कुल ३६८ कम्पनीको ४ करोड १७ लाख २५ हजार ३२३ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड ८४ लाख १६ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्