काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको स्थानीय आर्थिक विकास समिति सभापतिमा दीपक नेपाल मनोनित भएका छन् ।
अध्यक्ष अञ्जन श्रेष्ठले असार २९ गते नेपाललाई समिति सभापतिमा मनोनयन गरेका हुन् ।
मनोनयन गर्दै अध्यक्ष श्रेष्ठले सभापति नेपालाई भनेका छन्,“ महासङ्घको छवि तथा प्रतिष्ठालाई अझ बढी सशक्त रूपमा अगाडि बढाउन यहाँको सभापतित्वमा गठित समितिले जिम्मेवारीपूर्वक कार्य गर्नु भई महासङ्घलाई महत्वपूण योगदान गर्नुहुनेमा म विश्वस्त रहेको छु ।”
अघिल्लो कार्यकालमा स्थानीय आर्थिक विकास समिति सभापति रोल्पाका किशोर आचार्य थिए । जिल्लानगरबाट महासङ्घमा दोस्रोपटक केन्द्रीय कार्यकारिणी समिति सदस्य निर्वाचित नेपालले समिति सभापतिको जिम्मेवारी पाएका हुन् ।


प्रतिक्रिया दिनुहोस्