मोरङमा कजारिया रमेश टायल्सको नयाँ आउटलेट सञ्चालनमा


काठमाडौँ । नेपालकै अग्रणी टायल ब्रान्ड कजारिया रमेश टायल्स लिमिटेड ले मोरङको कञ्चनबारीमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ। ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सँगको सहकार्यमा स्थापना गरिएको उक्त शोरूमको उद्घाटन असार २५ गते सम्पन्न भएको हो।

शोरूमको उद्घाटन कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल, मिस नेपाल कस्मो २०२५ दीपशिखा नेपाल तथा अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्सका व्यवस्थापन टोलीले संयुक्त रूपमा गरेका थिए।

कम्पनीका अनुसार नयाँ शोरूममार्फत मोरङ तथा आसपासका क्षेत्रका घरधनी, निर्माण व्यवसायी र इन्टेरियर डिजाइनरलाई विश्वस्तरीय वाल टायल्स, फ्लोर टायल्स तथा बाथवेयरका आधुनिक उत्पादन सहज रूपमा उपलब्ध गराइनेछ। ग्राहकले विभिन्न डिजाइन, टेक्स्चर र फिनिसिङका टायल्स प्रत्यक्ष अवलोकन गरी आफ्नो आवश्यकता अनुसार छनोट गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

उद्घाटन समारोहमा बोल्दै कम्पनीका प्रतिनिधिले अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्ससँगको साझेदारी पूर्वी नेपालमा अन्तर्राष्ट्रियस्तरका उत्पादन विस्तार गर्ने रणनीतिक कदम भएको बताए। शोरूममार्फत ग्राहकलाई आधुनिक, गुणस्तरीय र टिकाउ टायल्स सहज रूपमा उपलब्ध गराउने उद्देश्य रहेको उनको भनाइ थियो।

कम्पनीका अनुसार शोरूम सर्वसाधारणका लागि सञ्चालनमा आइसकेको छ। कजारिया रमेश टायल्स लिमिटेडले नेपालमा अत्याधुनिक प्रविधिमा आधारित टायल उत्पादन गर्दै आएको छ। कम्पनीले सुपरब्राण्ड २०२५, ‘एशियाज् मोस्ट प्रमिसिङ ब्रान्ड’ लगायतका अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको जनाएको छ। हाल कम्पनीका नेपालभर १०० भन्दा बढी शोरूम सञ्चालनमा रहेका छन्।

कम्पनीले ३,००० भन्दा बढी आधुनिक डिजाइनका ग्लेज्ड भिट्रिफाइड टायल्स, सेरामिक वाल टायल्स तथा हेभी–ड्युटी भिट्रिफाइड टायल्स बजारमा उपलब्ध गराउँदै आएको जनाएको छ। गुणस्तर, टिकाउपन तथा पानी र दाग प्रतिरोधी विशेषताका कारण आफ्ना उत्पादन उपभोक्तामाझ लोकप्रिय रहेको कम्पनीको दाबी छ।