नेकपाले दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिमा उठायाे प्रश्न,‘५ बजेसम्म अन्तर्वार्ता राखेर ३ बजे नै नियुक्ति ?’


काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रियाबारे प्रश्न उठाएका छन् ।

प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै नेकपाका सांसद दुलालले ५ बजेसम्म अन्तवार्ताको समय तोकेर ३ बजे नै अध्यक्ष नियुक्ति गरिएको भन्दै सांसद दुलालले प्रश्न उठाएका हन् ।

दुलालले भने,“असार २४ गते ५ बजेसम्म अन्तर्वार्ताको समय राखेर ३ बजे नै नतिजा सार्वजनिक गरेर अध्यक्ष नियुक्ति गरियो । महामहिम सरकार, सुशासनको यो भन्दा भद्दा मजाक अरु केही छ कि ?”

उनले खुल्ला प्रतिस्पर्धाको नाममा आफू अनुकूलका व्यक्ति छान्ने काम भएको र रास्वपाको पक्षमा मत माग्नेले ‘एक नम्बर बढी पाउने’ नीति अख्तियार गरिएको आरोप लगाए ।

सांसद दुलालले संसद् सरकारको कार्यकर्ता वा सन्तान नभई जन्मदाता भएको स्मरण गराउँदै मन्त्रीहरूले रोस्टमको प्रयोग गरेर सांसदलाई धम्क्याएको भन्दै आक्रोश पोखेका छन् ।

सरकारको सय दिन र मधुमास सकिएको भन्दै उनले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित भएर जनतालाई आश्वस्त पार्न माग समेत गरे ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ लक्षित गर्दै हिजो बाहिर हुँदा एउटा कुरा गर्ने र आज सत्तामा पुगेपछि अर्कै व्यवहार देखाएको टिप्पणी गरे ।