काठमाडौँ । नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी—२०८३ गर्ने भएको छ ।
काठमाडौँको भृकुटीमण्डप प्रदर्शनीहलमा २०८३ मंसिर ४, ५ र ६ गते “कृषिमा यन्त्र र प्रविधिः कृषक र राष्ट्रको समृद्धि” भन्ने मुल नाराका साथ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी—२०८३ गर्न लागेको हो ।
नेपालको कृषि तथा पशुपन्छीपालन क्षेत्रलाई यान्त्रीकरण, औद्योगिकरण, आधुनिकीकरण तथा व्यवसायीकरण गर्न टेवा पु्र्याउने उद्देश्यले आयोजना गरिएको जनाइएको छ ।
यस प्रदर्शनीमा आधुनिक कृषि, पशुपन्छीपालन, मत्स्यपालन, पुष्प खेती, व्यवसायीक तरकारी खेती, सिँचाई, पोष्ट हार्भेष्ट र प्रशोधन तथा बजारीकरण सम्बन्धी आधुनिक यन्त्र, उपकरण तथा प्रविधिका सामाग्रीहरू साथै बीउविजनहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा रहेका प्रतिष्ठित उत्पादक तथा विक्रेताहरुको सहभागिता रहने उल्लेख गरिएको छ ।
एक सयभन्दा बढी प्रदर्शनीकर्ता र करिब २०० भन्दा बढी स्टल संख्या (करिब १० मुलुकका, २ हजार भन्दा बढी प्रकारका कृषि औजार उपकरण, यन्त्र तथा प्रविधिहरू) रहने उल्लेख गरिएको छ ।
प्रदर्शनीको लागि स्टल बुकिङ्ग २०८३ श्रावण ०१ गते शुक्रबारबाट खुला हुने जनाइएको छ । यस प्रदर्शनी निशुल्करूपमा अवलोकन गर्न सकिने छ ।
नामिया नेपालमा कृषि यान्त्रीकरण तथा प्रविधि सम्बन्धि व्यवसाय गर्दै आएका व्यवसायीहरुलाई समेटी नेपालको कृषि यान्त्रीकरण प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले वि.स. २०७१ सालमा स्थापना भएको गैर नाफामुलक सामाजिक संस्था हो ।
कृषकहरुलाई आधुनिक कृषि यन्त्र, उपकरण तथा प्रविधिहरुका बारेमा जानकारी गराउने उद्देश्यले नेपाल सरकारको कृषि विभाग अन्तरगत रहेको तत्कालीन कृषि ईन्जिनियरिङ्ग निर्देशनालयले प्रथम राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०७०, चितवनको भरतपुरमा आयोजना गरी सफलतापूर्वक सम्पन्न गरेको थियो ।
त्यसपश्चात कृषि यान्त्रीकरण प्रदर्शनीलाई निरन्तरता दिदै नेपाल सरकारको विभिन्न निकायहरु र ल्ब्ःभ्ब् को संयुक्त सहकार्यमा हाल सम्म पाँच पटक राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी, एक पटक प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी साथै एक पटक अन्तर्राष्ट्रिय एग्रीटेक प्रदर्शनी सम्पन्न भईसकेको छ ।
नेपाल सरकार, कृषि, वन तथा पर्यावरण मन्त्रालय, कृषि विभाग, कृषि पुर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द« र नेपाल कृषि मेशिनरी व्यवसायी संघको आयोजनामा प्रदर्शनी हुन लागेको हो ।
प्रदर्शनीको उद्देश्य:
एकै थलोमा विभिन्न आधुनिक कृषि, पशुपन्छीपालन, मत्स्यपालन, सिंचाई, कोल्ड स्टोर, पोस्ट हार्भेष्ट, प्रशोधनका यन्त्र तथा उपकरणहरु र तरकारी खेति, पुष्प, नर्सरी सम्बन्धि प्रविधि एवम् बिउबिजन साथै कृषि तथा पशुपन्छी सम्बन्धी सेवाहरुका बारे जानकारी गराउन
उपभोक्ता तथा नीति निर्माताहरुलाई कृषि यान्त्रीकरण सम्बन्धि नविनतम प्रविधिहरुको जानकारी गराउन
कृषि यन्त्र तथा उपकरणहरुको प्रचार प्रसारमा वृद्धि गरी कृषि यान्त्रीकरण प्रवद्र्धनमा सहयोग पुर्याउन
कृषि यान्त्रीकरण प्रविधि तथा सेवाको आन्तरिक बजार प्रवद्र्धनमा योगदान पुर्याउन
कृषि यान्त्रीकरण व्यवसायी र उपभोक्ताहरु बीच समन्वय गर्न
व्यावसायीक कृषि प्रणाली सम्बन्धी चेतना अभिविद्धि गर्न तथा लगानीको अवसर सिर्जना गर्न
कृषि यन्त्र तथा प्रविधि सम्बन्धी विभिन्न क्षेत्रमा काम गरिरहेका उत्पादक, आयातकर्ता, वितरक, सेवा प्रदायक, नीति निर्माता, कृषि विज्ञ र कृषक बीच समन्वय र सहकार्यको वातावरण सृजना गर्न ।
विगतका आयोजना गरिएका प्रदर्शनीहरुः
प्रथम राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी – २०७०, चितवन
दोस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी – २०७२, कोहलपुर
प्रथम अन्तर्राष्ट्रिय एग्रीटेक प्रदर्शनी, काठमाण्डौ–२०७३
तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी—२०७४, धरान
चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी—२०७६, चितवन
शलोम पाँचौ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी – २०७८, चितवन
प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी २०८०, पोखरा


प्रतिक्रिया दिनुहोस्