बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । बुधबार छापावाल सुनको मूल्य तोलामा ८०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ८४ हजार रूपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार २ लाख ८४ हजार ८०० रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ५५ रूपैयाँले बढेर ४ हजार ४१५ रूपैयाँ कायम भएको छ ।