सिरहामा कटुवा पेस्तोल र दुई राउन्ड गोलीसहित भारतीय नागरिक पक्राउ


सिरहा । सिरहा नगरपालिका–७ मा प्रहरीले कटुवा पेस्तोल र दुई राउन्ड गोलीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतका अन्दाजी २६ वर्षीय रोशन कुमार यादव रहेका छन्।

प्रहरीका अनुसार नियमित सुरक्षा जाँचका क्रममा भारतीय नम्बर प्लेट BR 32 AZ 5216 भएको मोटरसाइकलमा लुकाइछिपाइ राखिएको अवस्थामा एक थान कटुवा पेस्तोल र दुई राउन्ड गोली बरामद गरिएको हो।

हातहतियार, गोली र मोटरसाइकलसहित पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।