काठमाडौँ । ठूला विद्युतीय सवारी साधनका लागि कर्जामा ऋण मूल्य अनुपात (लोन टु भ्यालू रेसियो) ८० प्रतिशतसम्म कायम गर्न सकिनेछ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै सार्वजनिक यातायातको रुपमा प्रयोग हुने यात्रुबाहक ठूला विद्युतीय सवारी साधनका लागि कर्जा प्रवाह गर्दा ऋण मूल्य अनुपात (लोन टु भ्यालू रेसियो) ८० प्रतिशतसम्म कायम गर्न सकिने उल्लेख गरेको हो ।
जेनजी आन्दोलनबाट प्रत्यक्ष रुपमा प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा व्यावसायिक रुपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधन क्षति भई प्रतिस्थापन गर्न कर्जा प्रदान गर्दा यो अनुपात ८० प्रतिशतसम्म कायम गर्न सकिने जनाएको थियो । अन्य सवारी साधन खरिद गर्दा लोन टु भ्यालू रेसियो ६० प्रतिशत कायम गर्नुपर्ने छ ।


प्रतिक्रिया दिनुहोस्