काठमाडौँ । नियामक निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था(आइक्यान)मा अध्यक्षमा आनन्दराज वाग्ले र उपाध्यक्षमा हेमकुमार काफ्ले निर्वाचित भएका छन् ।
आज भएको निर्वाचनमा वर्तमान उपाध्यक्ष वाग्ले अध्यक्षमा निर्वाचित भएका हुन् । उनलाई ठाकुरप्रसाद अधिकारीले चुनौती दिएका थिए ।
आज भएको मतदानमा अध्यक्षमा वग्लेले १३ मत ल्याए भने अधिकारीले ४ मत ल्याए । यस्तै उपाध्यक्षमा भने कडा टक्करकाबिच काफ्ले निर्वाचित भएका छन् ।
काफेले ९ मत लिएर विजयी भएका हुन् । उनका प्रतिस्प्रधि अमन उप्रेतीले ८ मत ल्याए । आइक्यानको ३० वर्षे इतिहासमा दोस्रोपटक अध्यक्षको पदमा समेत निर्वाचन भएको हो ।


प्रतिक्रिया दिनुहोस्