काठमाडौँ । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा सुनिल देवकोटालाई ल्याउने तयारी भएको छ ।
प्राधिकरणको अध्यक्षका लागि आवेदन दिएका इच्छुकहरूको नाम गुपचुप पारेको सरकारले रास्वपा निकट देवकोटालाई अध्यक्ष बनाउने तयारी गरेको हो ।
रास्वपा निकट स्रोतकाअनुसार देवकोटालाई अध्यक्ष बनाउने लगभग टुङ्गिएको छ । देवकोटा तत्कालीन गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) थिए ।
तत्कालीन युनाइटेड इन्स्योरेन्स, गुराँस लाइफमा मर्ज हुनुअघि सन् २००७ देखि २००८ सम्म उनले युनाइटेड इन्स्योरेन्स (हाल हिमालयन एभरेष्ट इन्स्योरेन्स) मा महाप्रबन्धकको रूपमा समेत काम गरेका थिए ।
देवकोटा अहिले एस.देवकोटा एन्ड कम्पनी’ मार्फत सक्रिए छन् ।
बीमा प्राधिकरणको अध्यक्ष पदका लागि सरकारले प्रक्रिया अगाडि बढाए पनि नाम भने अझै सार्वजनिक भएको छैन । सरकारले जेठ १३ गते सूचना जारी गर्दै दर्खास्त आव्हान गरेको थियो ।
सूचनामा ‘आवेदक कुनै बीमकको उच्च व्यवस्थापकीय पदबाट हटेको छ भने, सो पदबाट हटेको कम्तिमा २ वर्ष पूरा भएको हुनुपर्ने’समेत उल्लेख छ । उक्त बुँदा देवकोटाका लागि राखिएको दाबी छ । यद्यपी २०१६ पछि भने देवकोटा बीमकको उच्च व्यवस्थापकीय पदमा छैनन् ।


प्रतिक्रिया दिनुहोस्