नेपाल प्रहरीको आइजिपीबाट दानबहादुर कार्कीलाई हटाएर मनाेज केसी नियुक्त


काठमाडौँ । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीलाई हटाएको छ ।

आज बसेको मन्त्रीपरिषद बैठकले कार्कीलाई हटाएर एआइजी मनोज केसीलाई आइजिपी बनाउने निर्णय गरेको छ । कार्कीलाई प्रधानमन्त्री बालेन शाहको सुरक्षा सल्लाहकार बनाउने निर्णय गर्दै केसीलाई आइजिपी बनाउने निर्णय गरेको हो ।

आज बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरेर कार्कीको सरुवा गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । डा. केसीलाई आजैदेखि लागु हुने गरि आइजिपी नियुक्त गरिएको उनले जानकारी दिए ।