आजका लागि विदेशी मुद्राको विनिमयदर तय


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १५३ रुपियाँ ७६ पैसा र बिक्रीदर १५४ रुपियाँ ३६ पैसा, युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ८९ पैसा र बिक्रीदर १७६ रुपियाँ ५८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपियाँ ८८ पैसा र बिक्रीदर २०७ रुपियाँ ६८ पैसा छ ।

यस्तै जापानी येन १० को खरिददर नौ रुपियाँ ४७ पैसा र बिक्रीदर नौ रुपियाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ६९ पैसा र बिक्रीदर २२ रुपियाँ ७८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ९४ पैसा र बिक्रीदर ४१ रुपियाँ १० पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपियाँ १७ पैसा र बिक्रीदर ४२ रुपियाँ ३४ पैसा विनिमयदर कायम गरिएको छ ।

युएई दिराम एकको खरिददर ४१ रुपियाँ ८६ पैसा र बिक्रीदर ४२ रुपियाँ ०३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ५५ पैसा र बिक्रीदर ३७ रुपियाँ ६९ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ३३ पैसा र बिक्रीदर १० रुपियाँ ३७ पैसा छ ।

यस्तै कुवेती दिनार एकको खरिददर ५०० रुपियाँ ०३ पैसा र बिक्रीदर ५०१ रुपियाँ ९८ पैसा, बहराइन दिनार एकको खरिददर ४०७ रुपियाँ ७४ पैसा बिक्रीदर ४०९ रुपियाँ ३३ पैसा, ओमनी रियाल एकको खरिददर ३९९ रुपियाँ ३६ पैसा र बिक्रीदर ४०० रुपियाँ ९१ पैसा विनिमयदर तोकिएको राष्ट्र बैंकले जनाएको छ ।