कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ । सोमबार छापावाल सुनको मूल्य तोलामा ६०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ८४ हजार रूपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार २ लाख ८४ हजार ६०० रूपैयाँ कायम भएको छ ।

यस्तै,, चाँदीको मूल्य प्रतितोला ८० रूपैयाँले बढेर ४ हजार ३२० रूपैयाँमा कारोबार भइरहेको छ ।