काठमाडौंँ । साताको कारोबारको पहिलो दिन सेयरबजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढेर २७१९.२४ अंकमा पुगेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये १२ ओटा उपसमुहको बढेको छ भने एक उपसमुहको सेयरमूल्य घटेको छ ।
आज एभरेष्ट कलर लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा बढी कमाएका छन् । यस कम्पनीको सेयरमूल्य १४.९७ प्रतिशतले बढेको छ ।
आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ६.८६ प्रतिशतले घटेको छ ।
कुल ३४३ कम्पनीको एक करोड २२ लाख ४५ हजार ३३७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५१ करोड २६ लाख ८८ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्