प्रधानमन्त्री शाहलाई पुँजीबजार लगानीकर्ताले के दिए सुझाव ?


काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जलाई रणनैतीक साझेदार सहित निजीकरण गर्न प्रधानमन्त्री वालेन्द्र शाहलाई पुँजी बजारका लगानीकर्ताहरूले सुझाव दिएका छन् ।

सोमबार प्रधानमन्त्री शाहले नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलान, नेप्सेका पूर्व प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख नवराज सिलवाल र नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वर लाल श्रेष्ठसँग छलफल गरेका थिए ।

यस्तै प्रिया राज रेग्मी र अम्बिका प्रसाद पौडेल पनि बैठकमा सहभागी भएका थिए ।

सोही बैठकमा पुँजी बजार लगानीकर्ताहरूले सरकारी लगानी र संरचनाले आधुनिक कारोवार प्रणली र औजारहरुको विकासका लागि समयमा निर्णय नहुने, व्यवसायीक नबन्ने, क्षमतावान कर्मचारीको आकर्षण नहुने आदी समस्याको निराकरणको लागि यथासक्य चाँडो वैदेशिक रणनितिक साझेदार सहितको नेप्सेको पुनसंरचना गर्न सुझाव दिएका थिए ।

प्राथमिक निश्कासनको प्रणालीमा सुधार गर्न, दोस्रोवजारमा माग आपुर्तिको सन्तुलन कायम गरी उचित मूल्यनिर्धारण गर्ने प्रणाली सुधार गर्न, दोस्रोबजारमा तरलता बढाउन इन्ट्र डे कारोबार सुचारु गर्न सुझाव दिएका छन् ।