कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ । बुधबार छापावाल सुनको मूल्य तोलामा ६०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ७५ हजार रूपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार २ लाख ७५ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले घटेर ३ हजार ६५५ रूपैयाँमा कारोबार भइरहेको छ ।