इरानसँगको युद्धका क्रममा अमेरिकाको खर्च ३७.५ अर्ब डलर, वास्तविक खर्च कयाैँ गुणा बढी भएकाे अनुमान


काठमाडौँ । इरानसँगको युद्धका क्रममा अमेरिकाको खर्च ३७.५ अर्ब डलर पुगेको छ ।

अमेरिकी संसदमा अमेरिकी रक्षामन्त्री पिट हेगसेथले इरानसँगको युद्धमा हालसम्म ३७.५ अर्ब डलर खर्च भइसकेको बताएका अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यद्यपि, विज्ञहरूले वास्तविक खर्च रकम योभन्दा निकै बढी हुने सम्भावना रहेको बताएको सिएनएनले जनाएको छ ।

युद्धका लागि थप बजेट माग गर्न उनी र ‘जोइन्ट चिफ्स अफ स्टाफ’ का अध्यक्ष जनरल ड्यान केनले संसदसमक्ष बयान दिएका थिए ।

अमेरिकाले दोस्रोचरणको आक्रमणका क्रममा इरानमाथि ११ औँ रात पनि बमबारी जारी राखेका बेला पेन्टगनले खर्च विवरण सार्वजनिक गरेको हो ।

सन् २०२६ को फेब्रुअरीको अन्त्यतिर अमेरिका र इजरायलले इरानको सैन्य अखडालाई लक्षित गरी संयुक्त आक्रमण गरेपछि युद्ध सुरु भएको थियो । तनावकैबिच जुन महिनामा युद्धविराम सम्झौता भए पनि फेरि युद्ध भड्किएको छ ।