काठमाडौँ । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ)का लागि आवेदन दिएका उम्मेदवारहरूको संक्षित सूची सार्वजनिक गरेको छ ।
सिफारिस समितिले ८ जनाको संक्षिप्त सूची सार्वजनिक गर्दै रणनैतिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तर्वार्ताको समय तोकेको छ । रणनैतिक कार्ययोजना र प्रस्तुतिकरणका लागि साउन ७ र ८ गतेको समय तोकिएको छ ।
बोर्डको सिइओका लागि संक्षिप्त सूचीमा सुमनसिंह बस्न्यात, जितेन्द्र धिताल,डा. मुकुन्दप्रसाद पौड्याल, डा. सरोज कोइराला, याङ्की उक्याव, बखतबहादुर शाही, मनोज पौडेल, इन्जियनियर मधुप्रसाद भेटुवाल रहेका छन् ।
रणनैतिक कार्ययोजना र प्रस्तुतिकरणपछि सिफारिस समितिले नियुक्तिका लागि नाम सिफारिस गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्