काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ मा नेपालले २४ खब रूपैयाँभन्दा बढीको वैदेशिक व्यापार गरेको छ ।
भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालले २४ अर्ब ११ अर्ब ६६ करोड ९५ लाख४५ हजार रूपैयाँको वैदेशिक व्यापार गरेको हो ।
नेपालको वैदेशिक व्यापार आर्थिक वर्ष २०८१/८२ को तुलनामा १५.८८ प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०८१/८२ मा नेपालले २० खर्ब ८१ अर्ब १५ करोड २९ लाख ३३ हजार रूपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।
नेपालको निर्यात १३.८१ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०८२ ८३ मा नेपालले ३ खर्ब १५ अर्ब २९ करोड ४ लाख ७४ हजार रूपैयाँ बराबरको निर्यात गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा २ खर्ब ७७ अर्ब ३ करोड २ लाख २ हजार रूपैयाँको निर्यात गरेको थियो ।
गत आर्थिक वर्षमा नेपाले २० खर्ब ९६ अर्ब ३७ करोड ९० लाख ७० हजार रूपैयाँ बराबरको आयात गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालको आयात १६.२० प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षमा १८ खर्ब ४ अर्ब १२ करोड २७ लाख ३१ हजार रूपैयाँ बराबरको आयात गरेको थियो ।
नेपालको व्यापार घाटा १६.६३ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष नेपालको व्यापार घाटा १७ खर्ब ८१ अर्ब ८ करोड ८५ लाख ९६ हजार रूपैयाँ बराबर रहेको छ ।


प्रतिक्रिया दिनुहोस्