८ अंकले बढ्यो नेप्से परिसूचक


काठमाडौँ । साताको कारोबारको अन्तिम दिन सेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार शुक्रबार सेयर बजार ७.९० अंकले बढेर २७३४.६३ अंकमा पुगेको छ ।

आज रिडी पावर कम्पनीको सेयर सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको ३० करोड ९३ लाख रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

शुक्रबार एभरेस्ट कलरका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। यस कम्पनीको सेयरमूल्य १४.९९ प्रतिशतले बढेको छ ।

सानीमा बैंक लिमिटेड डिबेन्चरका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ८.९२ प्रतिशतले घटेको छ ।

आज नेप्सेमा ३५२ कम्पनीको १ करोड ३७ लाख कित्ता सेयर किनबेच भएको छ भने ६ अर्ब २६ करोड रूपैयाँभन्दा बढीको कारोबार भएको छ ।