महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्स, कोलकत्ता, भारतको प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । बैंकले “राईजिङ्ग स्टार– ग्रोथ” अन्तर्गतको विधामा सम्मान पाएको हो । गत वर्ष बैंक “सम्पती गुणस्तर” अन्तर्गतबाट समेत सम्मानित भएको थियो ।
जुलाई २४, २०२६ मा नयाँ दिल्लीमा आयोजित “चौथो इर्मजिङ्ग एसिया बैंकिङ्ग कनक्लेभ एण्ड अवार्डस” कार्यक्रममा बैंकले उक्त सम्मान प्राप्त गरेको हो । बिमस्टेक क्षेत्रमा सबैभन्दा प्रतिष्ठित रहेको बैंकिङ्ग कनक्लेभ तथा अवार्ड कार्यक्रममा भारत, श्रींलका, नेपाल, म्यानमार, बंगलादेशका बैंकहरुको सहभागिता रहेको थियो ।
बैंकले डिजिटल बैकिङ्ग सेवामा विस्तार, नविन वित्तीय उत्पादनहरुको विकास, व्यवसाय विस्तार, वित्तीय पहुँचमा अभिवृद्धि तथा उत्तरदायी बैकिङ्गमा उत्कृट कार्य गरे बापत उक्त अवार्ड प्राप्त गर्न सफल भएको जनाएको छ ।
यस अवार्डको प्राप्तीसँगै अन्र्तराष्ट्रिय क्षेत्रमा बैंकको पहिचान स्थापित गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।


प्रतिक्रिया दिनुहोस्